छठको मुख्यदिन ब्रतालुहरुले यसरी चढाए अस्ताउँदो सूर्यलाई अर्घ्य

Posted on: 19 Nov, 2023

मङ्सिर ३, जनकपुरधाम । सूर्य उपासनाको महापर्व छठको आज मुख्यदिन अस्ताउँदो सूर्यदेवलाई अर्घ्य दिइएको छ । ब्रतालुहरु जलाशयमा बसेर पूजा सामग्री सूर्यदेवलाई चढाएका हुन् ।

जनकपुरधाम, वीरगञ्ज, सिरहा सदरमुकाम लगायतका पोखरीहरु दुलहीझैं सिंगारिएर छठ घाट बनाइएको छ । आज विहानै छठ घाट पुगेका ब्रतालुहरु दिनभर सूर्यदेवको पूजाआजा गरेका थिए । अहिले अस्ताउदो सूर्यलाई अर्घ्य चढाएका ब्रतालुहरु रातभर घाटमै बस्नेछन् ।


सोमवार विहान उदाउदो सूर्यदेवलाई अर्घ्य चढाएपछि छठ विधिवत रुपमा सम्पन्न हुन्छ । छठ प्रायः हिन्दूहरुले मनाइने महत्वपूर्ण पर्व हो । यो विशेष श्रद्धा र भक्तिभाव पूर्वक मनाइन्छ ।

छठको तराई मधेशमा उल्लास छ । छठ घाटहरुमा नाचगान जस्ता सांस्कृतिक कार्यक्रमहरु भइरहेको छ । कतिपयले नाच नचाउने भाकल नै गरेको हुन्छ । सन्तान प्राप्ति भएपछि ब्रतालु महिलाले आफूले लगाएको साडीको आँचल (अचरा)मा नाच गराइन्छ ।


छठ पर्व समानताको सन्देश पनि दिएको छ । धनी, गरिब, तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई छठ पूजा गर्छन्, यसले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ ।

पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने जनविश्वास छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!