बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ घाइते

Posted on: 18 Nov, 2023

मङ्सिर २, बैतडी | बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ | शनिबार बिहान दोगडाकेदार गाउँपालिका- ८ बाट वडा नं ३ को सिल्लेगडा आउँदै गरेको से १ ज ६०३ नम्बरको बोलेरो जिप घोडेधारमा दुर्घटना भएको हो। 

दुर्घटनामा परी मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका -८ का ३५ वर्षीय अम्मर बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, डिएसपी दिपक गिरीले जानकारी दिए। त्यस्तै दुर्घटनामा ५ जना घाइते भएका छन्। 

घाइते हुनेमा कलावती बिष्ट, हिरा बिष्ट, रियाग बिष्ट, सुसिला बिष्ट र ६० वर्षीय पदम बिष्ट रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल बैतडी ल्याइएको छ | प्रहरीका अनुसार  ग्रामिण सडकमा सवार जिप उकालोमा चड्न नसकेर पछाडि आएपछि दुर्घटना भएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!