दिपावली गर्दा आगलागी, घरसँगै नगद र सुनसमेत जल्यो

Posted on: 13 Nov, 2023

कार्तिक २७, ओखलढुंगा | ओखलढुंगाको  चिशंखुगाढी गाउँपालिका-१ कुइभिरस्थित गैरीगाऊँमा दिपावली गर्दा घर जलेको छ। दिपावली गरेर बालिएको दियोबाट आगो सल्केर गैरी गाउँका ६० वर्षीय टेक बहादुर खत्रीको घर जलेको हो।


आइतबार साँझ भएको आगलागीमा उनको कच्ची घर पूर्ण रुपमा जलेको, १ लाख ५० हजार नगद र डेढ तोला सुन समेत जलेको प्रहरीले जनाएको छ। 

अन्नपात र भाँडाकुँडासमेत गरेर ५ लाख बढीको क्षति भएको अनुमान छ। घर जलेछि खत्री परिवार खुल्ला आकाशमुनि बस्न बाध्य छ। पीडितले चाडबाडको समयमा बास, अन्न र लत्ता कपडा सबै गुमाएपछि बिचल्ली भएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!