११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

Posted on: 12 Nov, 2023

कार्तिक २६, भोजपुर | भोजपुरमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पौवादुङमा गाउँपालिका-२ छोकिमाला बस्ने २१ वर्षीय निरोज राई पक्राउ परेका हुन्।

उनलाई इलाका प्रहरी  कार्यालय तिवारीभञ्जाङबाट खटिएको टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो।

कात्तिक २२ गते राति बालिकामाथि बलात्कार गरेको उजुरी थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!