नवलपरासीको देवचुलीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

Posted on: 12 Nov, 2023

कार्तिक २६, नवलपरासी | पूर्वी नवलपरासीको देवचुली नगरपालिका गोरे घुम्तिमा आइतबार जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ । यात्रुमध्ये १ जना गम्भीर घाइते भएका छन् ।

आइतबार बिहान साढे ११ बजे जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख देवबहादुर पौडेलले जानकारी दिए । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए ।


मृतकमध्ये ३ जना महिला र ३ पुरुष रहेको पौडेलले बताए । दुर्घटनास्थलमा प्रहरी उद्दारमा खटिएको छ । वौदिकाली गाउँपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख वेदबहादुर पौडेलले जानकारी दिए । मृतक कसैको पनि सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार जीपको ब्रेक फेल भएका कारणले दुर्घटना भएको हो ।

पूर्वपश्चिम राजमार्गको दलदले बजारबाट २.४ किलोमिटर उत्तर एस मोडमा घुमाउँदा ब्रेक नलागेर जीप घरमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!