बालिकाको नग्न शव खोलामा फेला: बलात्कारपछि हत्या आरोपमा खाँ पक्राउ

Posted on: 07 Nov, 2023

कार्तिक १७, रूपन्देही | गुल्मीको चन्द्रकोट गाउँपालिका– ४ शान्तिपुरकी १५ वर्षीया बालिका परिवर्तित नाम ४६ चन्द्रकोट (५) घरनजिकैको हुँग्दीखोलामा नग्न र डुबेको अवस्थामा फेला परेकी थिइन्। खोलामा बालिकाको शव फेला परेको देखेपछि स्थानीयले बलात्कारपछि हत्याको आशंका गर्दै विरोध प्रदर्शन गरिरहेका छन्। 


मृतक बालिका शान्तिपुरको श्रीलंकाटोलमा आमासँग भाडाको घरमा बस्दै आएकी थिइन्। बालिका १६ कात्तिकबाट परिवारको सम्पर्कमा थिइनन्। आमासँग घरनजिकैको खेतमा काम गर्न गएकी उनी १६ कात्तिक बिहान ११ बजे खेतालालाई सुर्ती किन्न भनी बजार गएपछि फर्किनन्। साँझ अबेरसम्म छोरी सम्पर्कमा नआएपछि सबैतिर खोजे पनि फेला नपरेको उनको आमाले बताइन्। १७ कात्तिक बिहानै छोरी खोलामा मृत फेला परेको खबर सुनेपछि उनी स्तब्ध बनिन्। उनले दिउँसोबाटै छोरीलाई कब्जा गरेर राति हत्या गरेर फालिएको हुन सक्ने बताउँदै न्यायका लागि सबैसँग अनुरोध गरिन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार घटनामा संलग्न बाँके खजुरा गाउँपालिका– ४ का २३ वर्षीय रहिस खाँ पक्राउ परेका छन्। उनलाई जिल्ला अदालतबाट म्याद थप गरी बलात्कार र हत्या कसुरको मुद्दामा पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख प्रधानले जानकारी दिए। बालिकाको पोस्टमार्टमपछि अत्येष्टि गरिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!