कार्तिक २१, बलेवा | बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।
ट्याक्सी सडकबाट १०० मिटर तल खसेको थियो । घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!