नग्न अवस्थामा मृत भेटिइन् खेतालालाई सुर्ती लिन बजार गएकी १५ वर्षीय मनिषा

Posted on: 03 Nov, 2023

कार्तिक १७, रूपन्देही | गुल्मीमा खेतलालाई सुर्ती लिन बजार गएकी एक किशोरी नग्न अवस्थामा मृत भेटिएकी छन् । स्थानीयका अनुसार चन्द्रकोट गाउँपालिका वडा नं ४ शान्तिपुर बजार नजिकैको झोलुङ्गे पुलमुनि खोलामा नग्न अवस्थामा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय मनिषा चुँदालीको शव फेला परेको हो ।


बिहीवार दिउँसो ११ बजे धान स्याहार गर्ने खेतालालाई सुर्ती ल्याइदिन बजार गएको तर सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खोजतलासीको लागि खबर गरेका थिए । किशोरीको हत्या भएको आशंका गरिएको छ ।

घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली गएको छ । घटनाबारे थप जानकारी आएपछि विवरण उपलब्ध गराउने जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!