पाल्पा सडक मर्मत गर्ने क्रममा पहिरोले डोजर पुरिँदा चालकको मृत्यु

Posted on: 09 Oct, 2023

असोज २२, बुटवल | पाल्पा सडक मर्मत गर्ने क्रममा पहिरोले डोजर पुरिँदा एक जनाको मृत्यु भएको छ। पाल्पा रामपुर नगरपालिका १० टोक्सेमा सडक खण्ड मर्मतका कार्यक्रममा बा २ क १९५७ नम्बरको डोजर सुक्खा पहिरो झरी पुरिदा चालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा डोजर चालक दाङ शान्तीनगर गाउँपालिका १ बस्ने बर्ष अन्दाजी ३० को धनबिर खड्का रहेका छन्।

घटनामा घाइते भएका चालक खड्को पाल्पाको मिसन अस्पताल उपचारको क्रममा आज विहान मृत्यु भएको पाल्पाका प्रहरीले बताए | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!