निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष चौधरी पक्राउ

Posted on: 08 Oct, 2023

असोज २१, धनुषा | बिगो मुद्दामा सजाय तोकिएपछि फरार रहेका निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष अशोक चौधरी पक्राउ परेका छन् ।


धनुषा जिल्ला अदालत फैसला कार्यान्वयन दास्ता र धनुषा प्रहरीको संयुक्त टोलीले चौधरीलाई शनिवार पक्राउ गरेको हो । जनकपुरधाम १५ घर भएका ४५ वर्षीय चौधरीलाई धनुषा प्रहरीले आज सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार बिगो मुद्दामा चौधरीलाई अदालतले ६ महिना कैद सजाय सुनाइएको छ । उनमाथि थप अनुसन्धान भइरहेको र आज अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!