धर्मगुरु श्रीनिवासविरुद्ध मुद्दा दर्ता

Posted on: 05 Oct, 2023

असोज १८, जनकपुरधाम | धार्मिक हिंसा भड्काउने खालको अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरु श्रीनिवास आचार्यविरुद्ध मुद्दा दर्ता भएको छ ।  केही दिन अघि जनकपुरधाममा आयोजित गौ हत्या विरुद्धको विरोध सभामा हिंसा भड्काउने उत्तेजक अभिव्यक्ति दिएको आरोपमा उनी विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा मुद्दा दर्ता भएको हो । 


गत मङ्गलवार जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको उनीमाथि आज मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार श्रीनिवासविरुद्ध मुद्दा दर्ता भई थप अनुसन्धानको लागि उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामै राखिएको छ । 

मङ्गलवार प्रहरीले उनलाई सुनसरीबाट पक्राउ गरी बुधबार जनकपुरधाम ल्याएको थियो ।  असोज १२ गते जनकपुरधाममा आयोजित सभामा उनले खुकुरी देखाउँदै गौहत्या गर्ने विरुद्ध उत्तेजक अभिव्यक्ति दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!