वर्षासँगै खसेको पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

Posted on: 04 Oct, 2023

असोज १७, नवलपरासी | अविरल वर्षासँगै खसेको पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा पहिरोका कारण कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

बुलिङटार गाउँपालिका–१ रातबीसेमा खसेको पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो । पानी परिरहेकाले तत्काल पहिरो पन्छाएर सवारीसाधन सञ्चालन गर्न कठिन रहेको उनको भनाइ छ ।

कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध भएसँगै यस खण्ड भएर चल्ने सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । यस खण्ड हुँदै गैँडाकोटबाट नवलपुरको बुलिङटार, बौदीकाली, पाल्पाको रामपुर, तनहुँ, पोखरा, स्याङ्जालगायत स्थानका लागि सवारीसाधन सञ्चालन हुने गर्दछन् । 

निरन्तरको झरीले जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडकमा समेत  विभिन्न  स्थानमा क्षति पुगेकाले सवारी आवागमन कठिन बनेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!