पोखरामा 'डाक्टरलाई साफ चुटेर आएँ' भन्दै सामाजिक सञ्जालमा भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित

Posted on: 27 Sep, 2023

असोज १०, पोखरा | पोखरामा चिकित्सकमाथि कुटपिट गरेको भन्दै खुलेआम स्वीकार गर्ने प्रहरी मदन श्रेष्ठ निलम्बनमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय पोखरा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।  

उनका अनुसार पोखराको मणिपाल अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको थियो। त्यसपश्चात अस्पतालमा मृतकको परिवार र चिकित्सकबीच विवाद भएको थियो। सोही घटनाको विवादमा इन्स्पेक्टरले विवादास्पद अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा भाइरल भएका थिए। 

इन्सपेक्टर श्रेष्ठले ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्दै आक्रोशित भिडमा अभिव्यक्ति दिएका थिए । श्रेष्ठको उक्त अभिव्यक्तिपछि चौतर्फी आलोचना भएको थियो भने चिकित्सकहरुले कारवाही माग गरेका थिए ।

त्यहीकारण उनलाई अनुसन्धानका लागि निलम्बन गरिएको डिआइजी कडायतले बताए।

उक्त प्रकरणमै सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!