२५ वर्षअघि चितवनमा गैंडा मारेर फरार व्यक्ति पक्राउ

Posted on: 25 Sep, 2023

असोज ८, काठमाडौँ | चितवन राष्ट्रिय निकुञ्जमा २५ वर्षअघि गैंडा मारेर खाग झिकी फरार भएका व्यक्ति पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले गोरखाको तत्कालिन आरुपोखरी गाविस-२ स्थायी ठेगाना भई चितवनको कालिका नपा-२ बस्दै आएका ४४ वर्षीय यमबहादुर बानियाँलाई पक्राउ गरेको हो ।

अदालतले बानियाँलाई २०५७ सालमा १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना गर्ने सजाय सुनाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!