मुगुको गमगढी बजारमा आगलागी, ८ वटा घर पूर्ण रुपमा जलेर नष्ट

Posted on: 23 Sep, 2023

असोज ६, मुगु | मुगुको गमगढी बजारमा आगलागी हुँदा ८ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । गएराति भएको आगलागीबाट केही घर, पसल तथा गोदाम जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

मुगुका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले आगलागीबाट ८ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको जानकारी दिए । उनले आगोले अन्य केही घरमा पनि आंशिक क्षति पुगेको बताए ।

जलेका घरमा कम्प्युटर पसल, मोवाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिण्डर पसल थिए । आगलागीबाट कुनै मानवीय क्षति नभए पनि ठूलो आर्थिक क्षति भएको प्रहरीको भनाइ छ ।

 राति करिब १२ बजेबाट सुरु भएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगरप्रहरी र स्थानीयले निभाएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!