बाँकेमा विस्फोटका कारण राजमार्गको आधा खण्ड उड्यो, माइन विस्फोट हुनसक्ने अनुमान

Posted on: 17 Sep, 2023

भदौ ३१, बाँके | पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट भएको छ ।

उक्त विस्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ । विस्फोटका कारण राजमार्गको आधा खण्ड उडेको छ ।


आज बिहान नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले विस्फोट भएको स्थानको अवलोकन गरेको थियो । सो टोलीले द्वन्द्वकालमा छाडिएको माइन विस्फोट भएको हुनसक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीले जानकारी दिए ।

विस्फोट भएको स्थानमा खिया लागेको तारको टुक्रा र चुनजस्तो धुलो मात्र फेला परेको डीएसपी डाँगीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!