१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगामा एक जना पक्राउ

Posted on: 15 Sep, 2023

भदौ २९, ओखलढुंगा | १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगामा एक जना पक्राउ परेका छन् ।

जिल्लाको सिद्धिचरण नगरपालिका ११ रमाइलोडाँडा बस्ने ३० वर्षीय चन्द्रबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।

विकले ती किशोरीलाई भदौ १९ गते आफ्नै घर गोदामभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!