डडेलधुरामा एक वडा सचिव खाल्डोमा मृत फेला

Posted on: 12 Sep, 2023

भदौ २६, धनगढी | डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर १ का वडा सचिव खगेन्द्रप्रसाद पन्त खाल्डोमा मृत अवस्थामा फेला परेका छन् ।

अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी आज खाल्डोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले बताए । 

५८ वर्षीय पन्तको से ५ प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले दुर्घटनामा मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ ।

पन्तको शव अहिले डडेलधुरा अस्पतालमा लगिएको छ । भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!