नेपाल-भारतको खेल हेर्न वीरगन्ज महानगरमा अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द

Posted on: 04 Sep, 2023

भदौ १८, काठमाडौँ | नेपाल–भारतबीच हुने खेल हेर्न वीरगन्ज महानगरपालिकाले कार्यालय पनि बन्द गर्ने भएको छ।

वीरगन्ज महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले आज एसिया कप २०२३ अन्तर्गत भइरहेको नेपाल र भारतबीचको प्रतिस्पर्धा हेर्नका निमित्त वीरगन्ज महानगरपालिकाको अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा दिउँसो २ बजेदेखि बन्द गर्ने जानकारी गराएको हो।

यसअघि महानगरअन्तर्गतको शैक्षिक प्रशासन महाशाखाले आज दिउँसो २ बजेदेखि सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको थियो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!