पर्सामा टाउको नभएको अवस्थामा २२ वर्षीया एक युवतीको शव फेला

Posted on: 30 Aug, 2023

भदौ १३,  काठमाडौँ | टाउको नभएको अवस्थामा पर्सामा २२ वर्षीया एक युवतीको शब खोलामा फेला परेको छ।

पर्साको जिराभवानी गाउँपालिका- ४ स्थित वीरगञ्ज ठोरी हुलाकी सडकखण्डमा रहेको ईमृती खोलामा मँगलबार साँझ सात बजेको समयमा युवतीको शव फेला परेको हो।

खोलामा शव रहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।पर्साका प्रहरी उपरिक्षक कोमल शाहको नेतृत्वमा खटिएको प्रहरी टोलीले टाउको नभएको घाँटीभन्दा तल मात्रै शरिर भएको शवलाई नियन्त्रणमा लिइ पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको छ।

शव सडिसकेको अवस्थामा रहेकोले पहिचान हुन नसकेको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए।

चार फिट साढे सात इन्च उचाई भएको फिका हरियो रंग कुर्था, क्रिम रंगको हरियो रंगको सुरुवाल लगाएको युवतीलाई चिन्नु हुनेले प्रहरीमा सम्पर्क गर्न गिरीले आग्रह गरेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!