कागबेनीमा भेटियो बाढीले पुरिएको बैंकको १ करोड ६५ लाख रुपैयाँ

Posted on: 20 Aug, 2023

भदौ ३, काठमाडौँ | गत आइतबार आएको बाढीले खण्डहर बनाएको कागबेनी क्षेत्रमा प्रभु र इन्भेष्टमेन्ट बैंकको १ करोड ६५ लाख रकम भेटिएको छ। ग्रेगान खोतल्ने क्रममा सेना, प्रहरी र स्थानीयबासी समेतको समूहले प्रभु बैंक शाखाको ६५ लाख नगद मौज्दात शुक्रबार भेटिएको थियो। 

भने आइतबार दिउँसो २ बजे कागबेनी शाखा रहेको अर्को नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नगद मौज्दात रहेको  १ करोड ५ लाख २ हजार ९ सय ६४ रुपैयाँ भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

अविरल वर्षाका कारण गत साउन २८ गते साँझ आएको बाढीले कागबेनीमा रहेको दुई वटा बैंक बाढीले डुबानमा परेको थियो। त्यससमय बैंक तथा वित्तीय संस्था रहेको घरसँगै २९ घरमा पूर्ण क्षति भएको थियो भने १३ घरमा आशिंक क्षति भएको थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!