सशस्त्र प्रहरी बलका एसपी थपलियाको कार्यालयमा निधन

Posted on: 19 Aug, 2023

भदौ २, पर्सा | पर्सामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ। पर्साको १३ नम्बर गण प्रमुख रहेका थपलियाको शनिबार दिउँसो १ बजे मृत्‍यु भएको हो । उनको हृदयघात भएर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए। 

शनिबार बिहान ११:०५ मा साइकलिङ गरेर कार्यालयमा पुगेका एसपी थपलिया १५ मिनेट बेहोस भएका थिए। त्यसपछि उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!