डोल्पामा १५ वर्षीय बालिकामाथि ९ जनाले गरे सामूहिक बलात्कार, गर्भमा ६ महिनाको बच्चा रहेको पुष्टि

Posted on: 19 Aug, 2023

भदौ २, डोल्पा | डोल्पामा १५ वर्षीय बालिकामाथि ९ जनाले सामूहिक बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा किटानी जाहेरी गरेका छ । 

पीडित परिवारका अनुसार, डोल्पाको जगदुल्ला गाउँपालिकामा ९ जना युवा मिलेर १५ वर्षीय बालिकामाथि बलात्कार गरेका थिए । बालिकाको गर्भमा ६ महिनाको बच्चा रहेको पुष्टि भएपछि घटनाबारे बालिकाले भनेकी हुन् । बालिकाका परिवारले जिल्ला प्रहरी कार्यालय डोल्पामा उजुरी दिएसँगै संलग्न ९ मध्ये ३ जना पक्राउ गरेको डोल्पाका प्रहरी प्रमुख शिव बुढाथोकीले  जानकारी दिए । 

घटना करिब ६ महिना अगाडिको हो । जगदुल्ला गाउँपालिकामा ९ जनाले सामूहिक रुपमा बलात्कार गरेको उजुरी आएसँगै अनुसन्धानको प्रक्रिया अघि बढाइएको उनले बताए । 

एक जनालाई मुगुबाट पक्राउ गरिएको र दुई जनालाई जुम्लाबाट पक्राउ गरिएको छ ।  फरार रहेका बाँकी ६ जनालाई पनि खोज्ने क्रम जारी रहेको उनले बताए । पक्राउ परेकाको नाम भने प्रहरीले गोप्य राखेको छ ।

पहिला घटनाबारे थाहा भएन । पछि बालिकाको पेटमा बच्चा हुर्कँदै गएको परिवारले थाहा पाएपछि आफन्तले उनीहरूका नाममा किटानी जाहेरी दिनुभएको छ’, डीएसपी बुढाथोकीले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!