बझाङ केन्द्रविन्दू भएर भूकम्पको धक्का महसुस

Posted on: 18 Aug, 2023

भदौ १, काठमाडौ | बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९ : १३ बजे बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि गत साउन ३ गते विहान ९ :५३ बजे कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!