मुगु जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

Posted on: 15 Aug, 2023

साउन ३० मुगु | मुगुको सोरु गाउँपालिका–७ मा सोमबार राति भएको जिप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

सोरुकोटबाट सदरमुकाम गमगढी आउँदै गरेको ज १ च ७७७२ नम्वरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा लोकजंग नेपाली सोरु गाउँपालिका–५ का वडा सदस्यसहित  पियुष परियार, प्रकाश बोहरा र राम परियार रहेका प्रहरीले बताए | दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै, दुई जनाको उपचारकाक्रममा तथा एक जनाको थप उपचारका लागि सदरमुकाम लैजानेक्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतकमध्ये एक जनाको भने पहिचान खुल्न बाँकी छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!