भालुवाङ सुचना मोहत्सव छड पर्व पछि लगाउन काँग्रेस लालमटियाको आग्रह

Posted on: 01 Oct, 2016


जर्वजस्ती मोहत्सव लगाउन खोजे कुनै सहयोग र समर्थन नरहने चेतावनी         

असोज  १५ देउखुरी । देउखुरीको भालुवाङमा सञ्चालन हुन लागेको सुचना तथा व्यापारिक मोहत्सव छड पर्व पछि लगाउन नेपाली काँग्रेस लालमटियाले आयोजकलाई आग्रह गरेको छ । नेपाली काँग्रेस लालमटियाले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गरी दशैँ, तिहारको बीचमा मोहत्सव सञ्चालन नगर्न आग्रह गरेको छ । गत बर्षको लामो नाकाबन्दी तथा बन्द हड्तालबाट स्थानिय बजार व्यवसाय आकान्त भई व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाई भई व्यापार व्यवसायमा कमी आईरहेको बेला केही समय यता व्यापारमा सुधार भई दशैँ तिहार र छड पर्व बन्दबाट भएको क्षतिलाई कम हुने व्यापारीहरुमा आसा पलाएको अवस्थामा ११ दिने मोहत्सवले असर गर्ने भएको हुँदा छड पर्व पछि मात्र मोहत्सव लागाउन आग्रह गरेको छ ।

 

मोहत्सव सार्न आम व्यापारी तथा राप्ती उद्योग बाणिज्य संघ तथा गाविसमा क्रियाशिल अन्य राजनितिकदलहरुले आग्रह गर्दा समेत आयोजकले मोहत्सव सार्न नचाहेको भन्दै सोही मितिमै मोहत्सव सञ्चालन गरे नेपाली काँग्रेस लालमटियाले कुनै सहयोग र समर्थन नरहने भन्दै उद्योग बाणिज्य संघले लिएको निर्णयको स्वागत गदै एक्यबद्धता रहेको जारी विज्ञप्तीमा उल्लेख छ । ईकाई सभापति दुर्योधन पाण्डे द्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ । यो समय मोहत्सव लगाउन व्यापारी तथा किसानहरुका लागि समेत अनुकुल अवस्था नभएकोले मोहत्सवको मिति सारेर उद्योगी, व्यापारी, राजनतिक दलहरुको आपसी सहमतिमा छड पर्व पछि मात्र लगाउन नेपाल काँग्रेस लालमटियाले आयोजक संग आग्रह गर्दछौँ विज्ञप्तीमा भनिएको छ ।

यता मोहत्सव आयोजक राप्तीद्धार राष्ट्रिय साप्ताहिक तथा इन्द्रणी युवा क्लब पुल्चोक भालुवाङले भने सोही मिति मै मोहत्सव सञ्चालन हुने भन्दै मोहत्सव प्रचार—प्रसारमा समेत लागेका छन् । जिल्ला प्रशासन कार्यालय दाङले स्वीकृत दिएको असोज २८ गते देखि कात्र्तिक ९ गते सम्म नै मोहत्सव सञ्चालन हुने आयोजक राप्तीद्धार राष्ट्रिय साप्ताहिकका सम्पादक केशव बोहराले जानकारी दिए । मोहत्सवका लागि कलाकार बुकिङ्ग र प्रचारप्रंसारको काम भईरहेको समेत बोहराले बताए । अब एक दुई दिन मै मोहत्सवका लागि सामानहरु समेत आउने उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!