चक्कु प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

Posted on: 05 Aug, 2023

साउन २०, कञ्चनपुर | कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा श्रीमानले गएराति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउदका अनुसार दोधारा चाँदनी–७ का ३४ वर्षीय प्रेमबहादुर बुढाक्षेत्रीले २१ वर्षीया द्रोपती बुढाक्षेत्रीको चक्कु प्रहार गरी हत्या गरेका हुन् । प्रहरीले प्रेमबहादुरलाई घरबाटै नियन्त्रणमा लिएको छ ।

चक्कु प्रहारबाट गम्भीर घाइते बनाएको अवस्थामा द्रोपतीलाई घरबाट उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र दोधाराचाँदनी पुर्‍याइएका थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घरायसी बिबादमा श्रीमानले चक्कु प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक साउदले बताए |  घटनाबारे थप अनुसन्धान भइरहेको साउदले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!