क्यानोनिङ गर्दा लडेर २२ बर्षीया युवतीको मृत्यु

Posted on: 27 Jul, 2023

साउन ११, कास्की | कास्कीको माछापुच्छ्रे गाउँपालिका—९ स्थित घलेलमा रहेको पोखरा क्यान्वयनमा क्यानोनिङ गर्ने क्रममा लडेर युवतीको मृत्यु भएको छ ।

बुधबार दिउसो ३:०० बजेको समयमा क्यानोनिङ गर्ने क्रममा पोखरा— २६ बुढीबजार बस्ने २२ बर्षीया अन्जिता भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

क्यानोनिङ गर्ने क्रममा घाइते भण्डारीलाई उपचारका लागि पोखराको मणिपाल अस्पतालमा लगिएको थियो । चिकित्सकले चेकजाँचका क्रममा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । क्यानोनिङ झरनाबाट झर्ने साहसिक खेल हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!