मोटरसाइकलको ठक्करबाट एक ८ वर्षीया बालिकाको मृत्यु

Posted on: 27 Jul, 2023

साउन ११, सर्लाही | सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । 

दक्षिण–पूर्वी भेगस्थित पर्सा गाउँपालिका–४, जिंगडवामा मोटरसाइकलको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु भएको छ । 

नम्बर नखुल्नको मोटरसाइकलले गाउँको भित्री सडकमा ठक्कर दिँदा हरि वीरेन्द्र पासवानकी छोरी ८ वर्षीया मनीषा कुमारी पासवानको मृत्यु भएको हो । बाख्रा चराउन हिँडेकी मनीषालाई मोटरसाइकलले ठक्कर दिई गम्भीर घाइते बनाएपछि उपचारका लागि स्थानीय एक क्लिनिकमा लगियो । उनलाई स्वास्थ्यकर्मीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मङ्गलवाले जनाएको छ । मोटरसाइकलको ठक्करबाट अर्की ८ वर्षीया बालिका चुनचुन पासवान सामान्य घाइते भएकी छन् । 

दुर्घटनापछि फरार रहेका मोटरसाइकल र त्यसका चालक फेला परेका छैनन् । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले मोटरसाइकलको खोजी जारी रहेको जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!