लमहीमा १२ करोडको लागतमा लिफ्ट सहितको बहुउद्देश्यीय ब्यापारिक भवन बन्दै

Posted on: 01 Oct, 2016


सन्तोषकुमार गुप्ता । असोज १५ दाङ । दाङ जिल्लाको देउखुरी उपत्यकको प्रमुख व्यापारिक केन्द्र लमहीमा १२ करोडको लागतमा अत्याधुनिक सुविधा सम्पन्न लिफ्ट सहितको बहुउद्देश्यीय व्यपारिक भवनको निर्माण कार्य कार्य रहेको छ । पाँच महिना सम्म भूकम्प र नाकावन्दीको कारण काम स्थगित भएको लमहीको ब्यापारीक बहुउद्देश्यीय भवनको निर्माण कार्य तीव्र पारिएको छ । विहान साढे ६ बजे देखि वेलुका साढे ६ बजे सम्म महदुरहरु खटिएर काम गरिहेका छन् । दैनिक ३२ जना मजदुर नियमित काममा परिचालित गरिएका छन् । अहिले चौथो तलाको ढलाईको तयारी चलीरहेको निर्माण ब्यवसायी भिमनारायण चौधरीले जानकारी दिए ।


    लमही नग रविकास समितिको आफ्नै ८ करोड ३३ लाख २४ हजार ९३ रुपंयाँको अनुमानित लागतमा फ्रेम स्ट्रक्चर निर्माणको भईरहेको चौधरीले बताए । १२ करोड वढीको लागतमा यो भवन निर्माणको स्टिमेट छ । जसको प्रत्येक तलामा लिफ्ट स्टिमको सुविधा हुने छ । २०७२ असार महिनावाट सुरु भएको काम बैशाखको भूकम्प र त्यसपछिको नाकावन्दीको कारण पाँच महिनासम्म काम स्थगित बन्न पुगेको थियो । रोकिएको भवन निर्माण कार्य पुस महिनावाट सुरु भएको हो । निर्माणको काम अहिले तिर्व रुपमा भइरहेको लमही नगरविकास समितिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।


दाङलाई ५ नम्वर प्रदेशको राजधानी वनाउने चर्चासंगै लमहीमा निर्माणाधिन बहुउद्देश्यीय ब्यापारिक भवनले त्यसमा टेवा पुग्ने अपेक्षा गरिएको छ । यसवाट दाङको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । जहाँ अण्डरग्राउण्ड पार्किङ्गसहित डिपार्मेन्ट स्टोर, बैंक तथा वित्तय संस्थाको कार्यालय, होटल, रेष्टुरेन्ट, सेमिनार हल निर्माण गरिने छ ।

काम अव आगामी जेठ महिना भित्र सक्ने लक्ष्य राखिएको लमही नगरविकास समितिका सव ईञ्जिनियर तुलसीराम अर्यालले वताए । चक्रेश्वरी÷शिवशक्ति जेभी सानेपा ललितपुरले भवनको स्ट्रक्चर निर्माणको काम गरिरहेको हो । २०७० असार ३० गते लमही नगरविकास समितिले तयार पारको लागत स्टिमेट तथा नक्साको डिजाईन वोर्ड वैठकवाट स्विकृत गरेर काम सुरु गरिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!