मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत इन्स्पेक्टरको मृत्यु

Posted on: 26 Jul, 2023

साउन १०, सर्लाही | सर्लाहीको खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ। सर्लाहीको इश्वरपुर नगरपालिका-९  खोरिया टोलमा मंगलबार राती मोटरसाइकल दुर्घटना हुँदा प्रहरी निरीक्षक बसन्त साहको निधन भएको हो।

मलङ्वामा रहेको कार्यालयबाट राती  ईश्वरपुर नगरपालिका- ६ मा रहेको घरतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेर २९ वर्षीय साहको निधन भएको प्रहरी उपरीक्षक नरेशराज सुबेदीले जानकारी दिए।

बागमती प्रदेश ०२-०१६ प ००७१ नम्बरको मोटरसाइकलमा घर जाँदै गरेका निरीक्षक साह दुर्घटनामा परेको प्रहरी उपरीक्षक सुबेदीले बताए।

फूलजोर- त्रिभुवननगर सडकखण्ड अन्तरगतको पुलमुनी दुर्घटनामा परेर मृत अवस्थामा साह भेटिएको प्रहरीले जनाएको छ । पुलमुनीको खाल्डोमा तल शरिर र माथिबाट मोटरसाइकलले थिचिएको अवस्थामा साहको शव भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!