रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु

Posted on: 16 Jul, 2023

असार ३१, रोल्पा | रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उनका छोरा ११ वर्षीय सुशील गुरुङ र ६ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिए।

जंगली च्याउ खाई बिरामी परेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएका उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । बुटवलमा उपचारका क्रममा उनीहरुको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!