मोटरसाइकलको शकर प्रहार गरि देवरले गरे भाउजुको हत्या

Posted on: 10 Jul, 2023

असार २५, नवलपरासी | नवलपरासीमा आफनै भाउजुको हत्या गरेको अभियोगमा देवरलाई प्रहरीले पक्राउ गरेको छ |  

नवलपरासीको रामग्राम नगरपालिका १० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

जग्गाको विषयलाई लिएर वादविवाद हुँदा देवरले भाउजुलाई मोटरसाइकलको शकरले प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । विवादका क्रममा मोटरसाइकलको शकरले प्रहार गर्दा गम्भीर घाइते भएकी चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!