पहिरोले घर पुरिँदा अर्घाखाँचीमा तीन बालबालिकाको मृत्यु

Posted on: 04 Jul, 2023

असार १९, अर्घाखाँची |  अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ ।

गाउँपालिकाको वडा नं १ पणेनास्थित गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको वडाध्यक्ष कमलप्रसाद पोखरेलले  बताए ।

उनका अनुसार स्थानीय गंगा रास्कोटीका छोराछोरी ९, १० र ११ वर्षका धनबहादुर रास्कोटी, खुमबहादुर रास्कोटी र अन्जना रास्कोटीको मृत्यु भएको छ भने घटनामा घाइते सचिन रास्कोटीको उपचारका लागि पाल्पा पठाइएको छ । उनको अवस्था सामान्य छ ।

आज बिहान करिब साढे ६ बजेतिर आएको पहिरोले घर पुरेको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले घनानामा टोली पुगेको र सबै विवरण आई नसकेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!