पहिरो खसेर बन्द भएको नारायणगढ - मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो

Posted on: 01 Jul, 2023

असार १६, काठमाडौँ | पहिरो खसेर बन्द भएको मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी खुलेको छ । बिहान ३ बजेदेखि बन्द सडक पहिरो पन्छाएर एकतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अहिले रोकिएका गाडीहरु पालैपालो  एकतर्फी गन्तब्यतर्फ लागेका छन् । यो सडकखण्डमा गाडीको चाप रहेको ट्राफिक प्रहरीले जनाएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन किलोमा बिहान तीन बजेतिर पहिरो खसेपछि सडक बन्द भएको थियो । अस्ति बिहीबार दिउँसो पनि यही ठाउँमा पहिरो खसेर बन्द भएको सडक २८ घण्टापछि हिजो बेलुकी ५ बजेदेखि खुलेको थियो । गएराति फेरी पहिरो खसेर सडक बन्द भएको थियो ।

माथिबाट लगातार ढुंगा झरिरहने भएकाले यो ठाउँमा जोखिम कायमै रहेको प्रहरीले जनाएको छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!