पौडी खेल्ने क्रममा दोलखामा युवकको मृत्यु

Posted on: 28 Jun, 2023

असार १३, दोलखा | दोलखाको भीमेश्वर नगरपालिका-५ चर्नावती खोलामा पौडी खेल्ने क्रममा बुधबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-६ का रविन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । 

साथीहरूसँग पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै पौडी खेल्न गएका साथीहरूलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!