बुहारीको कुटाईबाट ६३ वर्षीया सुकमाया लिम्बुको मृत्यु

Posted on: 26 Jun, 2023

असार ११, धनकुटा | बुहारीको कुटाइबाट सासूको ज्यान गएको छ । घरायसी विवाद हुँदा बुहारीले कुटेर घाइते बनाएकी सासूको उपचारको क्रममा ज्यान गएको हो ।

धनकुटाको साँगुरी गढी ४ फाक्सिब भन्ने स्थानमा ३२ वर्षीय विष्णुमाया लिम्बुले उनकी सासुआमा ६३ वर्षीया सुक माया लिम्बुलाई कुटपिट गरेको र उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।

घटना पश्चात् बुहारी विष्णुमायालाई पक्राउ गरि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । मृतकका भाइ गजेन्द्रले पक्राउ परेकी ३२ वर्षीय विष्णुमाया लिम्बुका विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!