पहिरोमा परी श्रीमान श्रीमतीको मृत्यु, छोराछोरी बेपत्ता

Posted on: 23 Jun, 2023

असार ८, ओखलढुङ्गा । अविरल वर्षासँगै पहिरोले घर पुरिँदा ओखलढुङ्गामा श्रीमान र श्रीमतीको मृत्यु भएको छ । उक्त पहिरोमा परी छोराछोरी बेपत्ता भएका छन् । 

चम्पादेवी गाउँपालिका–८ विलन्दुका गए राति अविरल वर्षासँगै पहिरोमा पुरिएर ३६ वर्षीय रणबहादुर गुरुङ र उनकी २९ वर्षीया श्रीमती शिवमायाको मृत्यु भएको हो । साथै उनीहरुको १० वर्षीय छोरा दिनेश र १८ महिनाकी छोरी कृतिका पहिरामा परी बेपत्ता भएका छन् । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले अहिले बेपत्ताको खोजी गरिरहेका छन् । पहिरोको कारण धनमाल कति नष्ट भयो भन्ने एकिन भएको छैन । यसै पहिरोले अर्को घर पनि पुरिएको छ । अर्को घरका मानिसहरु भने भागेर ज्यान जोगाउन सफल भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!