घाँटीमा लिचीको दाना अड्किएर बालकको मृत्यु

Posted on: 16 Jun, 2023

असार १, सिन्धुली | सिन्धुलीमा गएराति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ ।

कमलामाई नगरपालिका-६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले लिचीको दाना अड्किएर उनको मृत्यु भएको अस्पतालबाट जानकारी प्राप्त भएको बताए ।

यसैबीच सुनकोशी गाउँपालिका-२ गजुलीदहस्थित सुनकोशी नदी किनारमा एक बालकको शव फेला परेको छ । बिहीबार साँझ बालकको शव फेला परेको डीएसपी दाहालले बनाए । अन्दाजी ९ वर्षका ती बालकको पहिचान भने हुन सकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!