स्विमिङ पुलमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु

Posted on: 11 Jun, 2023

जेठ २८, पोखरा | पोखरामा स्विमिङ पुलमा पौडी खेल्ने क्रममा एक बालकको  मृत्यु भएको छ ।

पोखरा महानगरपालिका १६ स्थित मोहनदत्त पोख्रेलले सञ्चालन गरेको स्विमिङ पुलमा पोखरा ८ आलुमाइला चोक बस्ने १० वर्षका ऐनक्स थापा पौडी खेल्ने क्रममा डुबेका थिए ।

दिप अस्पताल पोखरामा उपचारका क्रममा उनको मृत्यु भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!