नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा दुर्घटना वीमा दावी रकम ११ लाख भुक्तानी

Posted on: 28 Sep, 2016


असोज १२, रामेछाप । नेपाल लाइफ इन्स्योरेन्स क.लि ले दुर्घटनाबाट मृत्यु भएका बसन्तपुर–१, सर्लाहीका रविन्द्र कुमार ठाकुरका परिवारलाई दाबि भुक्तानी गरेको छ । 

कम्पनीले बुधबार एक कार्यक्रमका बीच उप–शाखा कार्यलय प्रमुख राम खड्का र एजेन्सी मेनेजर  कृष्णबहादुर थापाले ठाकुरको परिवार राम दुलारी देवी हजामनीलाई ११ लाख १३ हजार रुपैया हस्तानतरण गर्नु भएको हो ।  

ठाकुरको २०७३ साल श्रावण २६ गते साप्ताहिक हाटको लागी मन्थलीबाट धोवी बजार हाटको लागी  जाने क्रममा गाडी दुर्घटनाम परि उपचारको क्रममा त्रि.वि शिक्षण अस्पतालमा  भर्ना भएको १ हप्तामा निधन भएको थियो । 

ठाकुरले २०७२ साल बैशाष महिना ३१ गते ५ लाख ११ हजारको विमा गराउनु भएको थियो । विमाको किस्ता बापत २ किस्तामा ९० हजार रुपैया जम्मा गर्नु भएको थियो । उहाँले कम्पनी बाट विमाङ्क रकम ५ लाख ११ हजार, दुर्घटना विमा बापत ५ लाख ११ हजार र वोनस ६६ हजार ४ सय ३० मात्र गरी १० लाख ८८ हजार ४ सय ३० रुपैया र ठाकुरले अभिकर्ता बापत पाउनु पर्ने रकम २५ हजार गरी जम्मा ११ लाख १३ हजार रुपैया लिनु भएको छ । 

ठाकुरको परिवारले पनि जिवन विमा २ लाख ४५ हजारको एकल भुक्तानी वीमा बापत २ लाख २ हजार २ रुपैया जम्मा गर्नु भएको छ । यसै विचमा युवा साझेदारी नेपालका अध्यक्ष जित बहादुर खड्काले वीमाले मृत्यु भएमा रकम  दिन्छ भन्ने सुन्नमा आएपनि आज प्रत्यक्ष देख्दा यसको महत्व रहेको बताउनुभयो । 

ठाकुरका जेठा छोरा राजकुमार ठाकुरले बुबाले जानी नजानी वीमा गर्नु  भएपनि आज यसै वीमा रकमले  बन्धकी रहेको घर जगा यसै रकमबाट असुल्ने कुरा सुनाउनुभयो । उहाँले विमा भुक्तानी रकम लिन पनि अफिसले निकै सहजबातावरण बनाइदिएकोले नगद भुक्तानी लिन सजिलो भएको बताए । एजेन्सी मेनेजर कृष्ण बहादुर थापाले व्यक्तिको जीवनमा आइपर्ने जोखिमलाई चन्दा सहयोगबाट होइन अब जीवन बीमाको क्षतिपुर्तिबाट  लिने बानी बसाल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला पार्टी सचिव लेख बहादुर कार्की, राप्रपा पार्टीका जिल्ला सचिव शिवजी अधिकारी, एजेन्सी मेनेजर श्रीराम सुवेदी,सावित्रा के.सी,पत्रकार, विभिन्न संघसँस्थाका प्रतिनिधि रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!