पोल्याण्ड लैजाने भन्दै टिकटकमार्फत बिज्ञापन दिएर अन्तर्वार्ताका लागि बोलाउने २ बिदेशी पक्राउ

Posted on: 20 May, 2023

जेठ ६, काठमाडौं । वैदेशिक रोजगारीका लागि टिकटक मार्फत बिज्ञापन गरेर पोल्याण्ड लैजाने भन्दै अन्तर्वार्ताका लागि बोलाउने २ जना बिदेशी पक्राउ परेका छन् । पोल्याण्ड लैजाने भन्दै ठगी गरेको आरोपमा काठमाडौंमा दुई विदेशी नागरिक पक्राउ परेका हुन् । 

पोल्याण्डमा रोजगारीको राम्रो अवसर रहेको भन्दै उनिहरुले टिकटकमा विज्ञापन राखेका थिए ।तिक्ताक्मा आएको बिज्ञापनको आधारमा शनिबार काठमाडौंको मोरियट होटमा धेरै सर्वसाधारण अन्तर्वार्ताका लागि भन्दै पुगेका थिए । तर अन्तर्वार्ता नलिएपछि उक्त होटलमा तनाब सृजना भएको थियो । यसै क्रममा पुगेको प्रहरीले होटल परिसरबाटै दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक जना पोल्याण्डका नागरिक र एक जना संयुक्त अरब इमिरेट्सका नागरिक रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!