बैशाख २३, दोलखा | आफ्नै दिदीको हत्या आरोपमा प्रहरीले भाइलाई पक्राउ गरेको छ । हत्या आरोपमा मेलुङ गाउँपालिका–१ पोवटी बस्ने २३ वर्षीय रामभरत भुजेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
विगत १ वर्षदेखि माइतमा बस्दै आएकी ३२ वर्षीया कल्पना भुजेल श्रेष्ठलाई उनकै भाई रामभरतले उतिसको दाउराले टाउकोमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!