महानगरले डोजर लगाएर भत्कायो पुरानो बसपार्कको प्रहरी बिट

Posted on: 25 Apr, 2023

वैशाख १२, काठमाडौँ । काठमाडौं महानगरले पुरानो बसपार्कमा रहेको प्रहरी बिट भत्काएको छ । काठमाडौं महानगरपालिकाले उक्त विटमा रहने प्रहरीहरुलाई काठमाडौं महानगरपालिकाको २८ नम्बर वडा कार्यालय परिसरमा अस्थायी रुपमा व्यवस्थापन गरेको छ ।


सार्वजनिक जग्गा मिचेर बनाइएको अवैध संरचना हटाउने क्रममा महानगरले डोजर लगाएर संरचना भत्काएको हो । यसअघि मैतीदेवी चेकमा सडक मिचेर बनाइएको प्रहरी बिट पनि भत्काइएको थियो ।

अवैध रूपमा बनाइएका संरचना हटाउन महानगरले पटकपटक ताकेता गरिरहेको छ । अटेर गरेपछि महानगर आफैँले डोजर प्रयोग गरी त्यस्ता संरचना हटाउँदै आएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!