पाल्पामा बस दुर्घटना : ३१ जना घाइते(अपडेट)

Posted on: 23 Apr, 2023

बैशाख १०, पाल्पा | पाल्पामा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा बस दुर्घटना हुँदा ३१ जना घाइते भएको पाल्पाका एसपी हेरम्ब शर्माले बताए ।

बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै सबा ९ बजे दुर्घटना भएको हो।

घाइतेहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उद्दार गरेर अस्पतालमा पठाइएको छ । घाइते यात्रुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!