भिरमा अड्किएको अवस्थामा किशोर–किशोरी मृत फेला

Posted on: 14 Apr, 2023

बैशाख १, दार्चुला | दार्चुलामा भिरमा अड्किएको अवस्थामा किशोर- किशोरी मृत फेला परेका छन्। 

जिल्लाको नौगाड गाउँपालिका–५ बासिडाँडामा बिहीबार अन्दाजी १६/१७ वर्षका किशोर किशोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले मृतक किशोरी नौगाड गाउँपालिका–४ की सञ्जिता धामी रहेको बताए। उनको शव भन्दा करिब ४०/५० मिटर तल भिरमा सोही स्थानका लोकेन्द्र ठगुन्नाको शव भिरमा अड्किएको अवस्थामा फेला परेको हो

सोही ठाउँमा दुई वटा मोबाइल फोन फेला परेका छन्। एउटा फुटाएको र अर्को नफुटाइएको अवस्थामा फेला परेको हो। उनका अनुसार मृत फेला परेका किशोर किशोरीहरू प्रेम सम्बन्धमा थिए। उनीहरू बुधबार बिस्का जात्रा हेर्न घरबाट निस्केका थिए। 

घटनास्थलमा मृतकका परिवार र आफन्त पुगिसकेका छन्। अब पोस्टमार्टम गरेपछि घटनाबारे थप खुल्ने ले जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी जनायो। उनीहरूको हत्या भएको हो कि आत्महत्या गरेका हुन् भन्नेबारे अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले बताए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!