पछिल्लो समयका समाचारहरु |


एमबीबीएसमा अधिकतम ३५ र बीडीएसमा १८ लाख शुल्क तोक्न सिफारिस

Posted on April 10, 2024 | views : 371 | काठमाडौँ - KTM

चैत २८,  काठमाडौँ । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले एमबीबीएस तहको अधिकतम मूल्य ३५ लाख तोक्न सिफारिस गरेको छ। प्रतिवेदनमा ३५ लाख बाहेक अन्य शुल्क जस्तै परीक्षा, काउन्सिल, भर्ना, पुस्तकालय, प्रयोगशाला आदिमा लिन नपाइने उल्लेख छ। यस्तै बीडीएस कार्यक्रमको स्नातक तहको अधिकतम १८ लाखभन्दा बढी ल

Read More

इजरायलले गल्ति गर्यो, सजाय पाउछ- इरानी सर्वोच्च नेता खामेनी

Posted on April 10, 2024 | views : 355 | काठमाडौँ - KTM

चैत २८,  काठमाडौँ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सिरियाको राजधानीमा रहेको इरानको वाणिज्य दूतावासमा भएको आत्मघाती हमलाको लागि इजरायललाई कारबाही गर्नुपर्ने र त्यसको सजाय भोग्नुपर्ने बताएका छन् । इदको अवसरमा इरानको राजधानी तेहरानमा आयोजित एक सभालाई सम्बोधन गर्दै अली खामेनीले यस्तो ब

Read More

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

Posted on April 10, 2024 | views : 324 | काठमाडौँ - KTM

चैत २८,  काठमाडौं ।  कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् ।  

Read More

भाञ्जाले कुटपिट गर्दा मामाको ज्यान गयो

Posted on April 10, 2024 | views : 265 |

चैत २८,  काठमाडौं ।  चितवनको इच्छाकामना १, मा भाञ्जाले कुटपिट गरेर मामाको हत्या गरेका छन् । २३ वर्षका लोकबहादुर चेपाङले मामा नाताका चन्द्रबहादुर चेपाङको घरेलु मदिरा सेवन गरी कुटपिट गर्दा ज्यान गएको हो । जिल्ला प्रहरी चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार चैत २६, सोमबारका

Read More

यूएईमा युवतीको मृत्यु : पक्राउ परेका भाइ रिहा, श्रीमान् अझै फरार

Posted on April 10, 2024 | views : 723 | काठमाडौँ - KTM

चैत २८,  काठमाडौं । यूएईमा अजमानस्थित चाइना मलको भवनबाट खसेर राधिका घिमिरेको ज्यान गएपछि प्रहरी नियन्त्रणमा रहेका थानेश्वर घिमिरे रिहा भएका छन् । २९ वर्षीया राधिका आइतबार बिहान यूएईको अजमान चाइना मलनजिकै आफू बस्दै आएको बिल्डिङबाहिर भुईँमा मृत अवस्थामा भेटिएकी थिइन्। राधिकाको मृत्यु

Read More

ईपीएस भाषा परीक्षाको नतिजा प्रकाशित : ४० हजारले परीक्षा दिँदा ६ हजार उत्तीर्ण

Posted on April 10, 2024 | views : 789 | काठमाडौँ - KTM

चैत २८,  काठमाडौं । ईपीएस काेरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। ईपीएस कोरिया शाखाले एचआरडी कोरिया शाखाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।  उत्पादनमूलक क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५८० ज

Read More

विद्यालयका तत्कालिन प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध मुद्धा दायर

Posted on April 10, 2024 | views : 290 | काठमाडौँ - KTM

चैत २८, कास्की। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको सदाशिव प्रावि, कास्कीकोटका तत्कालिन प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले तत्कालिन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदी र लेखापरीक्षक कृष्ण प्रसाद गौतमले विद्यालयको हरहिसाबमा ३ लाख ७७

Read More

राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरे विजयी

Posted on April 10, 2024 | views : 345 | काठमाडौँ - KTM

चैत २८,  काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा एमालेबाट उम्मेदवार बनेकी विमला घिमिरे विजयी बनेकी छन् । बुधबार राष्ट्रियसभामा भएको मतदानमा उनले ३९ मत पाएर विजयी भएकी हुन । उनलाई उपाध्याक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत परेको थियो भने विपक्षमा १६ मत परेको थियो । यस प्रस्तावको मतदान प्रक्रियामा ५

Read More

काठमाडौंमा खैरो हेरोइन सप्लाई आरोपमा ७२ वर्षीय वृद्धसहित १० जना पक्राउ

Posted on April 10, 2024 | views : 281 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले विभिन्न ठाउँबाट १० जनालाई लागु औषधसहित पक्राउ गरेको छ । विभिन्न ठाउँबाट पक्राउ परेकाहरुलाई ब्यूरोको टोलीले बुधबार सार्वजनिक गरेको छ । जसमा ७२ वर्षीय वृद्ध समेत रहेका छन् । सप्तरीको राजविराज नगरपालिका–९ का ७२ वर्षीय प्रमानन्द मेहतालाई प्रहरीले ललि

Read More

राष्ट्रियसभाको उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार पुडासैनी पराजित

Posted on April 10, 2024 | views : 430 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवार बनेकी कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । बुधबार राष्ट्रियसभामा भएको मतदानमा पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो । यस प्रस्तावको मतदान

Read More

अव्यवस्थित बस्तीलाई स्थानान्तरण गरिने शहरी विकासमन्त्री बुढाको दावी

Posted on April 10, 2024 | views : 321 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ । शहरी विकास मन्त्री धनबहादुर बुढाले काठमाण्डौ उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित बसोबासलाई व्यवस्थापन गरिने बताएका छन् ।  अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिको ३० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै बुधवार मन्त्री बुढाले प्रक्रिया पुरा गरेर अव्यवस्थित बस्तीलाई व्यवस्थापन

Read More

बागमतीका मेयर थापाविरुद्ध मुद्धा दायर

Posted on April 10, 2024 | views : 397 | काठमाडौँ - KTM

चैत २८, सर्लाही | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले मेयर थापाले ५ करोड ३३ लाख भन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको जनाएको छ ।

Read More

आज नेपालमा वायु प्रदूषण यस वर्षकै उच्च, डढेलो नियन्त्रण नभए अझै बढ्ने

Posted on April 10, 2024 | views : 271 | काठमाडौँ - KTM

चैत २८, काठमाडौं | आज मुलुकको वायु प्रदूषण बढेर वर्षकै उच्च विन्दुमा पुगेको छ । देशका विभिन्न स्थानमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको हो । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) २ सय ६५ पुगेको छ । मङ्गलबार एक्यूआई २ सय पुगेको थियो ।

Read More

निलम्बित नाइजेरियन मन्त्रीबाट लुकाइएको २४ मिलियन डलर बरामद

Posted on April 10, 2024 | views : 274 | काठमाडौँ - KTM

चैत २८, काठमाडौं | नाइजेरियाले निलम्बित मन्त्रीबाट ३० अर्ब नाइरा (२४ मिलियन) बरामद गरेको छ ।  मानवीय मामिला र गरिबी निवारण मन्त्री बेट्टा एडु विरुद्ध चलिरहेको भ्रष्टाचार अनुसन्धानको भागको रूपमा ३० अर्ब नाइरा (२४ मिलियन अमेरिकन डलर)  बरामद गरेको छ हो । नाइजेरियाको वित्तीय निगरानी संस्थाका अ

Read More

बिहीबार सार्वजनिक बिदा

Posted on April 10, 2024 | views : 416 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ । सरकारले भोलि चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिएको छ ।  इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सो बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

Read More

रविमाथिको आरोपबारे रास्वपाले भन्यो : व्यक्तिमाथिको प्रहारप्रति हाम्रो आपत्ति छ

Posted on April 10, 2024 | views : 180 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले कुनै प्रष्ट र कानूनी आधार नभएको विषयमा आफ्ना सभापति रवि लामिछानेमाथि व्यक्तिगत प्रहार गरिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बुधवार झाले प्रायोजित सूचनाको आधारमा पत्रकारले लेखेकै भरमा व्यक्तिमाथि लाञ्छना लगाइए

Read More

प्रतिनिधिसभाको बैठक बैशाख २ गतेसम्मका लागि स्थगित

Posted on April 10, 2024 | views : 252 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । बुधबारको बैठकमा सभामुखले शुन्य समय शुरु गर्नासाथ कांग्रेस र राप्रपाका सांसदले उठेर विरोध गरेका थिए । यसअघि सभामुखले दलीय आधारमा सांसदहरुलाई बोल्ने समय दिएका थिए । दलीय आधारमा सांसदहर

Read More

प्रतिपक्षले संसदमा उठाएको माग सरकारले सम्बोधन गर्नुपर्छ- एकीकृत सामाजवादी

Posted on April 10, 2024 | views : 286 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले सहकारीमा ठगि भएको विषयमा छानबिन गरेर पिडितलाई न्याय दिन माग गरेका छन् ।  प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाण्डेले प्रमुख प्रतिपक्षी दलले उठाएको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने माग गर्दै सहकारी पिडितलाई न्याय

Read More

गृहमन्त्रीले राप्रपाको आन्दोलनलाई दमन गरे- ज्ञानेन्द्र शाही

Posted on April 10, 2024 | views : 342 | काठमाडौँ - KTM

चैत २८,  काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले राप्रपाको आन्दोलनमाथि दमन गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले मंगलबारको राप्रपाको आन्दोलनमा गृहमन्त्रालयको आदेशमा आफूमाथि पनि कुटपिट र कपडा च्यातिदिएको

Read More

कतारमा २५ जना महिलासमेत ५५ जना नेपाली कामदार अलपत्र

Posted on April 10, 2024 | views : 677 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ । कतारको इमदाद क्यु अलक्युविदा कम्पनीमा गएका कम्तीमा ५५ जना नेपाली कामदार अलपत्र परेका छन् । ती कामदारलाई कम्पनीले ५ महिनादेखि तलब दिइएको छैन । कम्पनीले कामदारहरूलाई खानासमेत दिन छाडेको छ । अल नासेर ओभरसिज म्यानपावर कम्पनीले पठाएका कामदार अलपत्र परेका हुन् । उनीहरूलाई अल नासेर म्यान

Read More

बाइडेनले भने- नेतान्याहुले गल्ती गर्दैछन् !

Posted on April 10, 2024 | views : 270 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा मुद्दामा ‘गल्ती’ गरिरहेको टिप्पणी गरेका छन् । एक अन्तर्वार्तामा उनले भने, 'मलाई लाग्छ कि उसले गल्ती गरिरहेको छ । म उनको मनोवृत्तिसँग सहमत छैन ।' उनले आगामी ६ देखि ७ हप्तासम्म गाजामा खाद्यान्

Read More

कांग्रेसको प्रश्न- गल्ति छैन भने भने छानबिनको लागि किन तयार नभएको ?

Posted on April 10, 2024 | views : 252 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर संसदमा अवरोध गरेका थिए ।  सभामुखको अनुमतिले कांग्रेसका सांसद रामहरी खतिवडाले रवि लामिछाने गृहमन्त्री बनेदेखि सहकारी ठगिको छानबिन अवरुद

Read More

अर्घाखाँचीमा कार दुर्घटना: एक जनाकाे मृत्यु, ७ जना घाइते

Posted on April 10, 2024 | views : 281 | काठमाडौँ - KTM

चैत २८, सन्धिखर्क | अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जना मृत्यु भएकाे छ। भने, ७ जना घाइते भएका छन्। अर्घाखाँची हुँदै कास्की जाँदै गरेकाे ग३च ४५७४ नम्बरकाे कार बुधबार बिहान साढे ९ बजे पाणिनी गाउँपालिका- ८ काेलडाँडामा दुर्घटना भएकाे थियाे। दुर्घटनामा परेर भूमिकास्थान नगरपालिका- ८ किमडाँडाका ६ वर्षीय

Read More

उच्च अदालतको आदेशलाई चुनौती दिदै केजरीवाल सर्वोच्चमा

Posted on April 10, 2024 | views : 327 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ | भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो गिरफ्तारी बारे दिल्ली उच्च अदालतले दिएको आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिएका छन् । प्रवर्तन निर्देशनालय (इडी) ले केजरीवाललाई गत मार्च २१ मा पक्राउ गरेको थियो र उनी हाल न्यायिक हिरासतमा छन् । मंगलबार दिल्ली उच्च अदालतले अरविन

Read More

आइपिएलमा आज राजस्थान र गुजरात भिड्दै

Posted on April 10, 2024 | views : 243 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच भिडन्त हुदै छ । जयपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा राजस्थान रोयल अपराजित रहदै चार खेलमा जित हासिल गरेर ८ अंक हासिल गर्दै शिर्ष स्थानम

Read More

एकीकृत समाजवादीले राष्ट्रिय सभा उपाध्यक्षमा एमाले उम्मेदवारलाई मत दिने

Posted on April 10, 2024 | views : 276 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ | नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई मत दिने भएको छ ।  सत्ता गठबन्धनभित्र राष्ट्रिय सभाको उपाध्यक्ष आफूले पाउनुपर्ने दाबी गर्दै आएको सो पार्टीले सो पद नपाएपछि एमाले उम्मेदवारलाई नै मत हाल्ने निर्णयमा पुगेको हो । नेकपा एकीकृत समाजवादीक

Read More

संसदको कार्यसूचीबाट गृहमन्त्रीले पेश गर्ने प्रस्ताव हटाइयो

Posted on April 10, 2024 | views : 294 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकको गृहमन्त्री रवि लामिछानेले पेश गर्ने राजनीतिक दल सम्बन्धि विधेयकलाई कार्यसूचीबाट हटाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिती गठनको माग राखिरहेको बेला गृहमन्

Read More