दोलखा मत परिणाम : माओवादी केन्द्रको अग्रता कायमै, पछ्याउदै एमाले

Posted on: 03 Dec, 2022

मङ्सिर १७, दोलखा | दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम छ । 

हालसम्म २१ हजार ५ सय ४१ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले १० हजार ६० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ८ हजार ९ सय ६५ मत प्राप्त गरेका छन् भने ८२८ मत बदर भएको छ |

दोलखाको प्रदेशसभा (१) मा १७ हजार ९ सय ६८ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले ८ हजार ४ सय ७२ मत तथा एमालेका नरबहादुर श्रेष्ठले ७ हजार ३ सय ७२ मत ल्याएका छन ।

प्रदेशसभा (२) मा २२ हजार ४ सय १० मतगणना हुँदा कांग्रेसका बर्मा लामाले १० हजार ४ सय ७२ मत र एमालेका भरत केसीले ९ हजार ८ सय ३ मत प्राप्त गरेका छन् । दोलखामा कूल ८५ हजार नौ सय ७८ मत खसेको थियोे ।

दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!