चितवन-२ मा रवि लामिछानेको अग्रता कायमै, कृष्णभक्त रविभन्दा ७,८७० मतले पछाडी

Posted on: 23 Nov, 2022

मङ्सिर ७, चितवन | चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले नेकपा एमालेका कृष्णभक्त पोखरेलसँगभन्दा दोब्बर मतले अग्रता लिएका छन् ।

हाल सम्म  ३० हजार ३१३ मत गनिसक्दा लामिछानेले १४ हजार ८११ मत ल्याएका छन् भने  एमालेका पोखरेल ७ हजार ८७० मतान्तरले पछाडि परेका छन् । पोखरेलले ६ हजार ९४१ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ ६ हजार ६०८ मतसहित तेस्रो स्थानमा छन् । श्रेष्ठ सत्ता गठबन्धनका उम्मेदवार हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!