झापा-४ मा घण्टीलाई उछिन्दै एमालेको अग्रता

Posted on: 22 Nov, 2022

मङ्सिर ६, झापा | झापा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार एलपी साँवाले अग्रता कायम राखेका छन्।

ताजा मतपरिणाम अनुसार साँवाले राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाललाई उछिन्दै फराकिलो अग्रता कायम गरेका हुन्।


साँवाले ७ हजार ३११ मत ल्याएका छन् भने ढकालले ६ हजार ६७० मत प्राप्त गरेका छन्।

यस्तै नेपाली कांग्रेसका देउकुमार थेवे ३ हजार ९२३ मतसहित तेस्रो स्थानमा छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!